स्याङ्गदी : चितवनको इच्छाकामना ७ स्थित स्याङ्गदी खोलामा ट्रस ब्रिज बन्ने भएको छ । आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालले शिलान्यास गर्नुभएको हो ।
करिव २० लाखको लागतमा १५ दिन भित्र निर्माण सम्पन्न गरिने अध्यक्ष गुरुङले बताउनुभयो । ४० प्रतिशत श्रमदान र बाँकी रकम गाउँपालिकाले बेहोर्ने गरि निर्माण कार्य शुरु भएको हो । आज शिलान्याससगैँ गाउँपालिका अध्यक्ष गुरुङ प्रमुख प्रशासकिय अधिकृत भुषालले श्रमदान समेत गर्नुभएको हो ।
हरिपुरखोलामा पक्की पुल बनेपछी त्यहाँ प्रयोग भएको ट्रस्ट ब्रिज उक्त स्याङ्गदी खोलामा स्तान्तरण गर्न लागिएको हो । यस पुलको लम्बाई २४ मिटर र क्षमता भार १५ टन रहेको छ ।
बर्षायाम सुरु भएको र पुल नहुदाँ यहि वर्षाको कारण नागरिकहरुमा आवत जावतमा समस्या हुने भएकाले १५ दिनभित्रै निर्माण कार्य सक्ने गरि काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुषालले बताउनुभयो ।
इच्छाखबर संवाददाता












