हात्तिबाङ : चितवनको इच्छाकामना गाउँपालिका १ हात्तिबाङ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेका छन् । इन्सेक को आर्थिक सहयोगमा दोस्रो पटक आइतबार विद्यालय प्राङ्गणमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका हुन् ।
बिकट पहाडी क्षेत्रको सीमान्तकृत बर्गका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कपि कलम समेत किन्न नसकेको वास्तविक यथार्थ चित्रण बारे सचेतनामुलक सडक नाटकमा देखाएका थिए ।
सडक नाटक प्रदर्शन कार्यक्रममा श्री राष्ट्रिय माध्यमिक विदालय हात्तिबाङका प्रधानाध्यापक लोक बहादुर मगरले सडक नाटक प्रदर्शनले विद्यार्थीहरुमा भएको भित्री प्रतिभालाइ निखर्ता ल्याउन र समाजमा सकारात्मक सन्देश दिन सक्ने तथा विद्यार्थीको चेतना बिकास गर्न सक्ने बताउनुभयो । नाटकमा प्रदर्शनमा स्थानिय, अभिभावक,स्वास्थ्यकर्मी, शिक्षक , विद्यार्थीहरुको उपस्थिति रहेका थिए ।
इच्छाखबर संवाददाता












