तनहुँ : आँबुखैरेनीमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित रुवाखोलामा आज दिउँसो मुग्लिनबाट पोखरा तर्फ जादैँ गरेको ग १ ख ९४०२ नं को बस र बिपरीत दिशाबाट आउँदै गरेको ग २२ प ९८२६ नं.को मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकल चालक लमजुङको दुधपोखरी गाउँपालिका ५ बस्ने वर्ष ३० को सन्तोष गुरुङको मृत्यु भएको हो ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु हो ।पछाडि सवार सोहि स्थानको बस्ने वर्ष अं.३५ को भिमसेन गुरुङको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको छ । बस र चालक नियन्त्रणमा रहेको र दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इच्छाखबर संवाददाता












