चितवन :  नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका २९ स्थित केराबारी नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जादैँ गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका ८ निवासी बर्ष ३८ को सञ्जिव रायमाझीको मृत्यु भएको हो । । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।