चितवन :  नारायणगढ–मुग्लिन सडक एक महिना ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डका मुग्लिनबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुनर्निर्माणको लागि ठुलो काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरेर पहाड काट्ने काम हुने आयोजनाका यन्जिनियार कृष्ण आचार्यले बताउनुभयो ।

उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ ।

४ वटा पुल निर्माणको लागि ठाडो कडा पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले इन्जिनियार आचार्यले बताउनुभयो ।

उक्त समयमा वैकल्पीक राजमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।