काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ ।
सोमबार बिहान बसेको दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा चयन गरेको हो । सोमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाले जनाएको छ । त्यस्तै, दलको उपनेता, प्रमुख सचेतक र सचेतकको भने चयन हुन बाँकी रहेको छ ।सोमबार बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पदहरू पूरा गर्ने रास्वपाले जनाएको छ ।
इच्छाखबर संवाददाता












