काठमाडौँ : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ।
देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू– भागमा हुस्सुरकुहिरो रहेको छ।
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
रातीː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
इच्छाखबर संवाददाता












