चितवन  :  जंगली हात्तीको आक्रमणबाट चितवनमा एक बृद्धा महिलाकोे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राती ८ :  ३० बजे घरको आगनमा आगो तापीरहेको अवस्थामा भरतपुर महानगरपालिका २८ का बर्ष ७० की रथी सुवेदी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् ।
घाइते रथीको उचारको क्रममा शनिबार राती १० :  ५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।