इच्छाकामना : शक्तिखोर – फिस्लिङ- सडकमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ना ६ त ९७८९ नम्बरको ट्याक्टर रिग्दीखोला तर्फबाट मायाटार जादैँ गरेको अवस्थामा शनिबार साँझ ६ : ०६ बजे चितवनको इच्छाकामना गाउँपालिका २ स्थित दुम्किममा पल्टिदाँ सोही स्थान बस्ने १६ बर्षिय सोम बहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका गुरुङको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्थानिय शिक्षक टिका गुरुङले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मुग्लिनले दुर्घटनाका घाइतेहरुको उद्धार गरि अस्पताल पठाएका थिए । दुर्घटनामा सोही स्थानका ११ बर्षिय प्रदीप चेपाङ घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो ।
इच्छाखबर संवाददाता












