काठमाडौं :शनिबार अधिकांश ठाउँको मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज प्रदेश १, गण्डकी प्रदेश र कर्णाली केही स्थानमा आंशिक बदली रहने जनाएको छ।  साथै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आइतबार पनि मौसम सफा रहने जनाएको छ। पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।