चितवन,२५ कात्तिक। चितवनमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १५ रामपुर कृषी क्याम्पस अगाडी भरतपुरबाट शारदानगर तर्फ आउदैँ गरेको ना १ ज ५६०५ नम्बरको म्याजिकले बिपरित दिशाबाट जादँै गरेको ना ३३प २५३ नम्बरको मोटरसाइकललाई बिहिबार अन्दाजी साँझ ७ :  २५ बजे ठक्कर दिदाँ म्याजिकमा सवार स्याङ्जाका बर्ष २४ को नविन नेपाली र मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका ५ बस्ने बर्ष ४० को यज्ञ शर्माको मृत्यु भएको हो । नेपालीको उपचार गर्न लैजादैँ गर्दा बाटैमा मृत्यु भएको हो भने शर्माको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा परि अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याजिकमा सवार
भरतपुर महानगरपालिका  २० बस्ने बर्ष २० का आशिष नेपाली र मोटरसाइकल पछाडी सवार भरतपुर महानगरपालिका ५ बस्ने   बर्ष ३९ को श्याम खरेल घाइते भएका छन् । नेपालीको पुरानो मेडिकल कलेज र खरेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेका छ ।
म्याजिक चालक, म्याजिक र मोटरसाइकललाई प्रहीले नियनत्रणमा लिएको छ ।