चुम्लिङटार :  चितवन क्षेत्र नम्बर २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले शिक्षित युवाहरुले देशको समृद्धिको हासिल  गर्नसक्ने  बताएका छन । चुनावी अभियानका क्रममा आज ईच्छाकामना गाउंँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट  वेरोजगारी अन्त्य गर्न सकिने बताए । आफू पनि यही शिक्षा क्षेत्रबाटनै स्थापित र  सफल भएकोले युवाहरु शिक्षित र उद्यमशिल  हुनुपर्नेमा उनले जोड दिए ।

ichha3.jpg

‘तपाईहरु शिक्षित हुनुस्, उद्यमशील बन्नुस्, मेहनत गर्नुस, देशको समृद्धि तपाईंहरुको हातमा छ, त्यसैले एकमिनेट पनि खेर नफाल्नुस ।’ श्रेष्ठले भने । युवाहरुले  देशमा उज्यालो ल्याउन सक्ने भन्दै युवा नै देशको मेरुदण्ड रहेको बताए । देश बनाउने जिम्मेवारी र दायित्व युवाको भएपनि दैनिक दुईहजारको हाराहारीमा युवाहरु विदेशिनु पर्ने  दुःखद बिषय भएको उनले बताए ।

‘देशको जनसंख्याको अधिकांश उत्पादनशील, उद्यमशील युवाहरु हुनुहुन्छ, तपाईहरुले आफूले जिवन खेर फाल्नु हुंँदैन, स्वदेशमै केही गर्नुपर्छ । ’ श्रेष्ठले भने । युवाहरुले स्वरोजगार र आत्मनिर्भर बन्ने काम गर्नुपने भन्दै उनले युवाको रोजगारीको लागि लोकतान्त्रिक बामगठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे ।

ichha2.jpg

‘युवाहरुले कार्यक्रम ल्याउनुस, योजना ल्याउनुस हामी  युवाको साथमा छौं ।’ श्रेष्ठले भने । देश र युवाहरुको  भविष्य उज्यालो पार्न पनि लोकतान्त्रिक वाम गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो ।