मंसिर ४ गते हुनगै रहेको आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै अहिले नेता तथा उम्मेद्बारहरुको मतदाता भेटघाट र दौडधुप बाक्लिएको छ।                                                                                       प्रतिनिधिसभा चितवन क्षेत्रनम्बर २ बाट उम्मेद्बारी दिएका पुर्व संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अहिले आफ्नो क्षेत्रभित्र पर्ने स्थानहरुमा मतदाता भेटघाट तथा परिचयमा ब्यस्त रहेका छन। त्यसै क्रममा आज रवि लामिछाने सहितको टोलि इच्छाकामनाको पहाडी भुभाग अन्तर्गत पर्ने वडानम्बर एक र दुईका विभिन्न गाउँहरुमा पुगेका छन। दुई दिन सम्म इच्छाकामनामै रहनेगरि आएका उनी पहाडी भुभागमा जादा त्यहाका मतदाताले राम्रो प्रतिक्रिया सहित स्वागत गरेको बताइएको छ।                                                                                            भर्खरै घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सबै भन्दा कम प्रभाव पर्नी आकलन गरिएको इच्छाकामनाका गाउँ बस्ती बाट समेत रवि लामिछाने प्रती मतदाताको सकारात्मक प्रतिक्रिया आएको कारण जम्माजम्मी १२ हजार आसपास भोट खस्ने आकलन गरिएको इच्छाकामना गाउँपालिकामामा नेकपा एमाले र कांग्रेस, माओबादी (गठबन्धन)का गरि तिन उम्मेद्बार हरु बिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। अघिल्लो  चुनावमा १७ हजार मतको अन्तर सहित सानदार जित हासिल गरेको नेकपा एमाले र कांग्रेस,माओवादीको पछिल्लो स्थानिय तहको मतदान अनुसार धेरै मत आउने आकलन गरेका गठबन्धन दल र नेता हरुले उम्मेद्बारी घोषणा हुदा प्रतिद्वन्द्वी नै नस्विकारेका राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले भने आफ्नो प्रतिद्वन्द्वी स्वीकार गर्न थालेका छन।