कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाको नि : शुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरेका छन् ।
गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थाहरु मार्फत गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे (घुम्ती) ग्रामिण अल्ट्रा साण्ड कार्यक्रम सञ्चालन गरेका हुन् ।
आज वडा नम्बर १ का ३२ जना गर्भवती महिलाहरुले निशुल्क भिडियो एक्सरे सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताउनुभयो । काउले स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा प्रदान गरेको हुन् । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सन्त बहादुर राना मगर, स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटा लगायतको उपस्थिति रहेका रहनुभएको थियो । यस अघि वडा नम्बर ७ स्याङ्दी स्थित आधारभुत स्वास्थ्य इकाईमा गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्सरे गरि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सेवाको सुभारम्भ गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पहिलो प्राथमिकता भनेको जनताको स्वास्थ्य भएकाले गर्भवती महिला र बच्चाको स्वास्थ्यको सुरक्षाका लागि निशूल्क भिडियो एक्सरे सेवम सञ्चालन गरिएको बताउनुभयो । प्रमुख सापकोटाका अनुसार इच्छाकामनामा रहेका १० वटै स्वास्थ्य संस्थामा उक्त सेवा प्रदान गरिने छ । उहाँले यो सेवा जिल्लामै पहिलो पटक पटक इच्छाकामना गाउँपालिकाले सुरु गरिएको बताउनुभयो । गर्भवती महिलाहरुलाई भरतपुर सम्म जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले आर्थिक अवस्था कमजोर रहेकाहरुका लागि नेपालको कुनै पनि अस्पतालमा प्रशुती सेवा दिन पर्ने अवस्थामा एम्बुलेन्स तथा आवश्यक उपचार खर्च उपलब्ध गराउने समेत बताउनुभयो । गर्भवती महिलाहरुको भिडियो एक्सरे सेवा असोज ११ गते चण्डिभञ्ज्याङ स्वास्थ्य चौकी र १३ गते दारेचोक स्वास्थ्यचौकीमा हुने स्वास्थ्य प्रमुख बासुदेव सापकोटाले बताउनुभयो । बाँकी वडामा भने दशैँपछि निरन्तरता दिइने उहाँको भनाई छ ।
साथै गाउँपालिकाले डेँगु नियन्त्रणका लागि स्थानिय जनप्रतिनिधि,टोल सुधार समिति, विद्यार्थीहरु माझ जनचेतना र खोज र नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
सरीमायाको उपचारका लागि आर्थिक सहयोग
साथै इच्छाकामना गाउँपालिकाले वडा नम्बर १ का सरीमाया चेपाङको उपचारका लागि रु १५ हजार आर्थिक सहयोग गरेका छन् । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आज परिवारलाई भेटीउक्त रकम हस्तान्तरण गर्नुभभएको हो । आर्थिक अवस्था कमजोर रहेकी चेपाङ गम्भीर बिरामी भई हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको परिवार र स्थानियहरुले बताएका छन् ।
इच्छाखबर संवाददाता












