आशिष अधिकारी

 

चितवन  : भरतपुर महानगरले महँगी नियन्त्रणका लागि बजार अनुगमन थप रफ्तारमा अगाडी बढेको जनाएको छ । महानगरका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गरिएको गरिएको भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका अधिकृत ठानेश्वर सापकोटाले बताउनुभयो ।

इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिनका लागी भरतपुर महानगर गत भदौ महिना देखि बजार अनुगमनमा सक्रिय छ सापकोटाले भन्नुभयो । भरतपुर महानगरको उद्देश्य कालोबजारी नियन्त्रण गर्नु, मिसावट भएको बस्तुहरुको बिक्रीवितरणमा रोक लगाउनु, महङगि नियन्त्रण गर्नु,बिना दर्ता कुनै पनि पसलहरु सन्चालनमा रोक लगाउनु, अनिवार्य मूल्य सुची राख्नु पर्ने लगाएका रहेका छन । महानगरले आज बुधबार भरतपुर २९ जुगेडि बजारमा अनुगमन गरेको छ । वडा न २९ का अध्यक्ष सुर्य बहादुर गुरुङले निरन्तर बजार अनुगमन गर्न जरुरी रहेको बताउनु भयो । यो बजार अनुगमनलाई अब निरन्तर रुपमा अगाडि बढाउने पनि उहाँ जानकारी दिनु भयो ।

जुगेडी बजारमा रहेका १५ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको हो । होटल हाइवे तन्दुरी कर्नर,एलिना होटल, न्यु बुटवल होटलमा अनुगमन गर्दा सामान्य भेटिएको छ । त्यस्तै गरि न्यौपाने खाजा घरमा रहेको म्याद नाघेका खाद्य सामाग्री बरामद गरि नस्ट गरिएको छ भने १५ वटा क्यान बियर बरामद गरि नस्ट समेत गरिएको वडा सदस्य सेतु गुरुङले जानकारी गराउनु भयो । उहाँका अनुसार हरेक जसो पसलमा लापरबाही भेटिएको छ , अब हामी निरन्तर बजार अनुगमनमा लाग्छौ । अनुगमनकै क्रममा पन्डित स्टाफ होटलमा ५० जनालाइ पुग्ने बासी खाना नस्ट गरिएको छ भने ३० वटा क्यान बियर पनि बरामद गरि वडा सदस्यहरुको रोहबरमा नस्ट गरिएको छ । होटल ब्यबसायी सघ चितवनका उपाध्यक्ष कमला गुरुङ समय समयमा चेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको तर्क गर्नुहुन्छ । कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाड्ने भरतपुर महानगर राजस्व शाखाका अधिकृत चन्द्रकला शर्माले बताउनु हुन्छ । जनताको आँखामा छारो हालेर स्वास्थ्यसँग खेलवाड हुने गरी गुणस्तरहीन अखाद्य वस्तु बिक्री गर्ने व्यापारिक प्रतिष्ठान र उद्योगीलाई कारबाही गर्ने पनि महानगरले चेतावनी समेत दिदै आइरहेको छ । आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्ने गरी गुणस्तरहीन अखाद्य वस्तु उत्पादन तथा बिक्रीगर्ने कुनै पनि दोषिमाथि कडा कारबाही थालिएको छ,उपभोक्ता अधिकार सरक्षण मन्च चितवनका उपाध्यक्ष बिस्णु भुसाललेभन्नुभयो । कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वा निकासी पैठारी गर्ने, उपभोक्तालाई झुक्याउने गरी कुनै उपभोग्य वस्तुको नक्कल गर्नेहरु माथी स्थानीय ऐन अनुसार कारबाही हुने भरतपुर महानगरको भनाइ छ ।