कुरिनटार, २६ भदौ । मुग्लिन–नारायणगढ सडकखण्डको अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंदाँ चलाउने इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने २७ वर्षिय कल्पना गुरुङ र २३ वर्षिय तिर्थ कुमारी गुरुङरहेका छन् । । दुवैजनाको हातमा मध्यम चोट लागेकोले स्थानीय मेडिकल मुग्लिनमा उपचार भइरहेको छ ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।