बेनीघाट रोराङले मनायो अन्तर्राष्ट्रिय शिक्षा दिवस, विभिन्न व्यक्तित्वहरु सम्मानित
धादिङ ः बेनीघाट रोराङ गाउँपालिकाले ५६ औँ अन्र्तराष्ट्रिय शिक्षा दिवस मनाइएको छ । ‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ भन्ने मुल नाराका साथ बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा एक समारोहकाबिच दिवस मनाइएको हो ।
समारोहमा प्रमुख अतिथि मन्त्री रामहरि जम्कटेल, पालिका प्रमुख कृष्ण बहादुर थपलिया ‘विवेक’ उपाध्यक्ष टाप बहादुर श्रेष्ठ ,पूर्व गापा अध्यक्ष पित्त बहादुर डल्लाकोटी,पूर्व गापा उपाध्यक्ष देवी प्रसाद सिलवाल, विभिन्न पार्टीका प्रमुखहरु, राजेन्द्र कडेल, ऋषिनाथ त्रिपाठी, रमेश कुमार भट्टराई, निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठ सामाजिक विकास समितिका संयोजक टेकनाथ सिलवाल, पेशागत शिक्षकहरुको तर्फबाट रेष्टन कडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
उक्त समारोहमा कक्षा ८ एसर्र्ईई र कक्षा १२ को नतिजालाई आधार मानेर उत्कृष्ट विद्यालयहरु,विषयगत शिक्षकहरु, विद्यार्थी भाइबहिनीहरु तथा विव्यसका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष हरुलाई गाउँपालिकाले सम्मान गरेका थिए

No description available.

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’को सभापतित्व ,बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय शालिकराम जमकट्टेलज्यूको प्रमुख आतिथ्यता तथा गाउँपालिका पूर्व अध्यक्ष पित्त बहादुर डल्लाकोटी ‘हरि’ शिक्षा विकास तथा समन्वय इकाई धादिङ निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठ, वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख गाउँ शिक्षा समितिका सदस्यहरु, सामुदायिक सिकाई केन्द्र, सम्पूर्ण विद्यालयका प्रअ, शिक्षकहरु लगायत सम्पूर्ण शिक्षाप्रेमी, बुद्धिजिवी, समाजसेवी तथा विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा दिवस मनाइएको हो।