कुरिनटार, २२ भदौ । लुम्बिनी विकास बैँक कुरिनटार शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरको छ । बुधबार सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यक्रम सम्पन्न गरेको हो। शिक्षालयमा कार्यरत सशस्त्र प्रहरीहरुलाई वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको हो । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक अन्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा , सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकी, सशस्त्र प्रहरी नायव उपरिक्षक सुदन भारती,सशस्त्र प्रहरी निरिक्षक अस्मिता मगर लगायतको आतिथ्यता रहेका थिए । चितवनको हाकिमचोक शाखाका प्रमुख सुदर्शन अधिकारीको सभापतित्वमा सम्पन्न साक्षरता कार्यक्रममा कुरिनटार शाखाका प्रमुख प्रदिप कुमार रेग्मी, नारायणगढ शाखाका प्रमुख सुरज कोइराला लगायतको उपस्थिति रहेका थिए ।
इच्छाखबर संवाददाता












