कुरिनटार : त्रिशुली नदीमा एक जना बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार चितवनको इच्छाकामना ४ कुरिनटार (धारपानी) स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा पर्सा विरगन्ज महानगरपालिका २१ मनोहरी घर भई हाल कुरिनटारमा मजदुरी गरि बस्ने कृष्ण प्रसाद यादवका छोरा वर्ष १२ को अक्लेश यादव वेपत्ता भएका हुन् ।
वाराको गडिमाई न.पा ६ तेलगाई घर भएका वर्ष १७ को विशाल यादव र अक्लेश यादव नुहाउन भनि धारापनाीमा गएका थिए । सोही क्रममा नदीको किनारामा पौडी खेल्ने क्रममा आज दिउँसो ३ :  ३० बजे अक्लेश यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दिउँसो ४ बजे खबर प्राप्त हुनसाथ प्रहरी चौकी कुरिनटार , इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटी गएको प्रहरी र अभिभावक सहितले खोजतलास कार्य सुरु गरिएको छ ।
खोज तलासका लागि कुरिनटार स्थित शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका गोताखोर टोलीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।