मुग्लिन : नारायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । बर्षासगैँ विहान ६ बजे भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेका थिए ।
दिउँसो २ :  ३० बजेदेखि सडक सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो पञ्छाएसगैँ सवारी साधनहरु आ–आफ्नो गन्तवय तर्फ लागेका छन् । केराबारीमा बर्षा सुरु भएसगैँ लेदोसहितको पहिरो खसी पटक पटक सडक अवरुद्ध हुदाँ यात्रुहरुले सास्ती बेहोर्न बाध्य हुदै आएका छन् ।