करिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको (याक ब्रुइङ) द्धारा सञ्चालित बाह्रसिंगे बियर फ्याक्ट्रीका म्यानेजर माथि स्थानिय युवाहरुले आक्रमण गरेका छन् । शुक्रबार साँझ युवाहरुको एक समुहले कुटपिट गरेका हुन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) सुनजित तामाङका अनुसार शुक्रबार दिउँसो बियर फ्याक्ट्री हाताभित्र सञ्चालित याक बियर गार्टेन रेष्टुरेन्टमा युवाहरुबिच एक आपसमा झगडा (भनाभन) भएका थिए ।
झगडा गरेका युवाहरुलाई होहल्ला गरेको भन्दै म्यानेजर माधव पौडेलले रेष्टुरेन्ट बाहिर निकालेका थिए ।
सोही रिसिविका कारण ती युवाहरुको समूहले शुक्रबार साँझ म्यानेजर पौडेलमाथि फ्याक्ट्री कै गेटमा ५/६ जनाका समूहले आक्रमण गरिएको प्रहरी निरिक्षक तामाङले बताउनुभयो । प्रहरीले तीन जनालाई आक्रमण गरिरहेकै समयमा नियन्त्रणमा लिएको छ । अन्य भने फरार रहेको र खोजी कार्य भइरहेको उहाँले बताउनु भयो । घाइते म्यानेजर पौडेल  सि एम सी भरतपुरमा उपचार पश्चात आज डिस्चार्ज हुनुभएको छ । आक्रमण पश्चात प्रहरीले पौडेललाई अस्पताल पु¥याइएको थियो ।