राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ फेरि संसद्मा पेस हुँदैछ । आज बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा यो विधेयकमाथि छलफल हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभाले बिहीबारका लागि जारी गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत हुने उल्लेख छ। आज नै प्रतिनिधि सभाबाट पारित गराएर राष्ट्रिय सभामा पठाउने सरकारले तयारी गरेको छ ।
इच्छाखबर संवाददाता












