रामपुर,१ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु ल्याब निर्माण कार्य सुरु गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बुधबार ल्याबको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मूख्यमन्त्री पाण्डेले हाईटेक लेभलको ल्याब निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्रनभई कोभिड जस्तै महामारीकालागिगरिएको पुर्व तयारी भएको बताए ।
काठमाडौ ंउपत्यका बाहिर पहिलो पटक रामपुरमा बन्न लागेको यो लेभलको ल्याबले विश्वविद्यालयको हैसियत र क्षमतामा वृद्धि गर्ने उनले बताए ।बागमती प्रदेश सरकारले विज्ञान प्रविधी विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको बताउँदै मूख्यमन्त्री पाण्डेले भने, ‘आजको युग सुहाउँदो अनुसन्धानगर्ने विज्ञान, प्रविधी विश्वविद्यालयले कृषि तथावन विज्ञान विश्वविद्यालयसँग पनि सहकार्य गर्नेछ ।’ उनले विश्वविद्यालय पहिले जस्तै शैक्षिक गन्तब्यको आकर्षण बनाउन ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै विश्व विद्यालयको रिसर्च युनिट मजबुद बनाउन आग्रह गरे । विश्वविद्यालयबाट अहिलेसम्म उत्पादन हुने जनशक्तिअहिले कहाँ, के गरी रहेका छन् त्यसको खोजीगर्न र विश्वविद्यालबाट दिक्षित भएका विद्यार्थीलाई स्वदेश कै कृषिमा लाग्न प्रेरित गर्नुपर्ने मूख्यमन्त्री पाण्डेले बताए । ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मील ेबागमतीप्रदेश सरकारको सहयोगले विश्वविद्यालयलाई उत्प्रेरणा मिलेको बताए । विशिष्टिकृत देशकै एक मात्र प्राविधिक विश्वविद्यालय भएकाले तिन वटै तहका सरकारले विश्व विद्यालयको अनुसन्धान र प्रसारमा सहयोग आवश्यक रहेको बताए । कृषि, वन र पशु विज्ञान तथापशु चिकित्सा अध्ययन गराउने एक मात्र विश्वविद्यालय एएफयु भएपनि अरु सबै विश्वविद्यालयले समेत यि विषयमा अध्ययन, अध्यापन गराउनु विश्वविद्यालयको लागि चुनौती रहेको उनी बताउँछन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, बाग्मतीप्रदेशको सहयोगमा १६ करोड लागतमाविश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय परिसरमा ल्याब निर्माण गर्न लागिएको विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले जानकारी दिईन् । पशुपंक्षीमा लाग्ने रोगको बारेमा अनुसन्धान र निदानका लागि मात्र नभई जनस्वास्थ्यका हिसाबमा पनि ल्याबको आवश्यकता धेरै रहेको उनले बताईन् । ल्याब सञ्चालनमा आएपछि विश्वविद्यालयको स्नातकोत्तर तथा विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीका साथै अरु अनुसन्धानकर्ताले पनि ल्याबमा अनुसन्धान गर्न सक्नेछन् ।
शिलान्यास कार्यक्रममा बागमत प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका राज्यमन्त्री इन्द्रमाया गुरुङ सहभागी भएका थिए । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरिञ्जीवि सुवेदी, चितवन उद्योग संघका उपाध्यक्ष सुर्यप्रसाद न्यौपाने, विश्वविद्यालयको वन संकायका डीनप्रा.डा. बलराम भट्ट, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका नि. डीन डा. दिपेश क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।