चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा सावारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । भरतपुर २९ जुगेडीमा आज दिउँसो १ बजे मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।
जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट मुग्लिङ तर्फ आउँदैगरेको लु१३प४८०४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडी रहेका बाग्लुङ घर भई हाल कालिका २ पदमपुर बस्ने २२ वर्षका सागर पौडेल घाईते भएकोमा उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो करिब २ बजे मृत्यु भएका हुन् । उक्त दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।
इच्छाखबर संवाददाता












