चुम्लिङटार- चुम्लिङटार टोल विकास संस्थाको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भएका छन।                                                                                         इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा आज भएको गाउँभेला मार्फत राजकुमार गुरुङको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको  हो। इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार ,सिस्नेरी,तुर्लुक लगाएत स्थान समेटी गठन भएको टोल विकास समितीको उपाध्यक्षमा तेजकृष्ण प्रजापती, सचीवमा प्रजुन गुरुङ,कोषाध्यक्षमा चिन्तामणी सापकोटा र सदस्य हरुमा रेशम गुरुङ, चन्द्र बहादुर गुरुङ, सन्जु गुरुङ,सुमित्रा पोखरेल,सन्तोष गुरुङ,मन्जु गुरुङ र चन्द्रकुमारी गुरुङ रहेका छन। सिद्धार्थ रिसोर्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा ३ का वडा अध्यक्ष नरबहादुर नेपालले गरेका थिए।