कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटार निवासी नेकपा एमाले इच्छाकामना गाउँ कमिटिका पार्टी सचिव तथा समाजसेवी रुद्र प्रसाद उप्रेती र उहाँका जिवन संगिनी सारदा उप्रेतीले खेलाडीहरुलाई जर्सी सेट सहयोग गर्नुभएको छ ।
विजय दशमीको अवसर पारेर इच्छाकामना युवा क्लब कुरिनटारका खेलाडीहरुलाई १५ सेट जर्सी वितरण गर्नुभएको हो ।
बिहिबार एक कार्यक्रमकाबिच आफ्नै निवास कुरिनटारमा जर्सी सेट वितरण गर्नुभयो । युवाहरुलाई खेलप्रति आकर्षित गर्र्ने उदेश्यले जर्सी सहयोग गरिएको नेकपा एमाले इच्छाकामना गाउँ कमिटीका सचिव समेत रहनुभएका समाजसेवी उप्रेतीले बताउनुभयो ।
उहाँले यस अघि विभिन्न ठाउँमा खेलाडीहरुलाई विभिन्न खेलकुद सामाग्री जर्सी पुरस्कार सौजन्य गर्दै आउनुभएको छ ।उहाँले विद्यालयहरुमा पोषाक शैक्षिक सामाग्री वितरणकासाथै रोगीहरुकोउपचारका लागि पनि आर्थिक सहयोगहरु गर्दै आउनुभएको छ ।
इच्छाखबर संवाददाता












