काठमाडौं,१४असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।
उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ। सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा ९एमाले०ले सभामुखको कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ।
इच्छाखबर संवाददाता












