चितवन २० साउन । चितवनमा आज (बुधबार) एकैदिन २१५ जना नयाँ कोरोना स‌ंक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनाका अनुसार भरतपुर महानगरपालकामा १४४,खैरहनी नगरपालिकामा १४, माडीमा २०,रत्ननगरमा२२, राप्तीमा ६, कालिकामा ७ र इच्छाकामनामा २ जनाा थपिएका हुन् ।

आज २१५ थपिएसंगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३२० जना पुगेको छ। कुल संक्रमितको संख्या भने २१ हजार १६७ पुगेको छ। कुल संक्रमितमध्ये १८ हजार ५०६ जना भने संक्रमणमुक्त भएका छन्।

यसैबिच आज एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार चितवन मेडिकल कलेजमा तीन जना, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा एक÷एक जनाको मृत्यु हो । आज पाँच जनाको मृत्यु भएपछि चितवनमा मृतकको संख्या पनि बढेर ३४१ पुगेको छ ।