चितवन :L  आज सोमबार चितवनमा गरिएको परिक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ३५ सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा भरतपुर महानगरपालिकाका २६ जना,रत्ननगरका ३, राप्तीका ३, खैरहनीका २  र इच्छाकामनाका १ जना रहेका छन् ।
९ जना भने अन्य जिल्लाका रहेका छन् । गोेरखाकाका १जना, धादिङका २ र नवलपरासीका ६ जना रहेको अस्पतालले जनाएको छ ।