धादिङ : बेनीघाट रोराङ गाउँपालिकामा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२० गते गरिएको स्वाब संकलन मध्ये २० जनामा कोरोना पुष्टि भएको र एक जनाको मृत्यु भएको गाउँपालिकाले जनाएकोछ । मृत्यु हुनेमा वडा नम्बर ७ का ५१ बर्षिय एक पुरुष रहेका छन् । उनको २० गते स्वाब संकलन गरि पठाइएको थियो ।
यसैबिच गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्कुल,बैँक, , होटल,, पसल व्यपार व्यवसाय असोज २५ गतेदेखि ३० गते सम्म बन्द गर्न गाउँपालिकाले सुचना जारी गरेको छ । गाउँपालिकाका २ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएकाले ३० गते सम्म बन्द गरिएको जनाएको छ ।
सुचना

इच्छाखबर संवाददाता












