गोरखा १८, असोज । जिल्लाको शहिद लखन गाउँपालिकाका २२ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । गाउँपालिकाको मनकामना सामुदायिक स्वास्थ्य ईकाईमा ११ जना बुंकोट स्वास्थ्य चौकीमा ११ जना गरी जम्मा २२ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरि पठाइएको सवैको रिर्पोट नेगेटिभ आएका गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो ।
मनकामना सामुदायिक स्वास्थ्य इकाईमा १२ गते र बुङकोट स्वास्थ्य चौकीका १४ गते स्वांब संकलन गरिएको थियो । यसै बिच शनिबार गाउँपालिकाको वडा नम्बर १ बक्राङका ६ जनाको स्वांब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको गाउँपालिकाकाले जनाएको छ ।
स्वांब संकलन गरि पठाइएका मध्ये ५ जना कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरु रहेका छन् भने एक जना होम क्वारेन्टिनमा बस्दै आएका व्यक्ति रहेका छन् ।
इच्छाखबर संवाददाता












