कुरिनटार : चितवनको भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालमा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरेको स्वाब परीक्षणमा चितवनका ७ सहित थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार राति १२ बजेसम्म २ सय ३४ वटा स्वाबको परीक्षण गरिएको थियो । अन्य २ जना , नवलपुर र रुपन्देहीका एक÷एक जना रहेका छन् ।
शुक्रबार आएको नतिजा अनुसार चितवनको भरतपुर महानगरपालिकाका ४ पुरुष ३ जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितहरु भरतपुरका वडा नम्बर ६, १०, ११ र १४ का रहेका छन् । उनीहरु १४ देखि ४७ वर्ष उमेर समूहका रहेका छन् ।
यसै गरी गैँडाकोट, नवलपुरका ६० वर्षीय एक पुरुष र रुपन्देहीका ४२ वर्षीय एक पुरुषमा पनि कोरोना सङ्क्रम पुष्टि भएको अस्पतालले जनाएको छ ।
इच्छाखबर संवाददाता












