कुरिनटार :  मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको जनाएको छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेको महाशाखाको भनाइ छ । बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढिरहेको महाशाखाले प्रष्ट्याएको छ ।

हाल पूर्वी तराइ, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै बाँकि भू–भागमा पनि आँसिक देखि सामान्य बादली भएको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टाको मौसम सम्बन्धी विवरणबारे जानकारी दिँदै महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने साथै मध्य तथा पूर्वी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु पनि महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले मंगलबार ९आज० दिउँसो देशभर बदली रही मध्य र पूर्वी भागका धेरै तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना औंल्याएको छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर बदली रही मध्य र पश्चिमका धेरै तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । मध्य र पश्चिमका केही र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर बदली रही मध्य भागका धेरै र देशका बाँकी भू–भागहका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार राति देशभर पूर्ण बदली रही मध्य र पश्चिमका धेरै तथा पूर्वका केह स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने र पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

बिहीबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।