चितवन :  प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न ३ का अध्यक्ष नारायण दाहाललाई पितृ शोक परेको छ। दाहालका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको मंगलबार राति निधन भएको हो। चितवनको भरतपुरस्थित गौतमचोकमा रहेको निजी निवासमा उनको मंगलबार राति ९ बजे निधन भएको दाहालको परिवारले जनाएको छ। नेकपा प्रदेश अध्यक्ष दाहालसहित उनका ४ छोरा र दुई छोरी रहेका छन्। श्रीमतीको यसअघि नै निधन भइसकेको छ।