गोरखा : बालुवा चोरेको आरोपमा कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको सोही ठाउँका ३७ वर्षीय दोर्जे लामाले कुटपिट गरि हत्या गरेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरिएको छ ।
पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । “लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “रिस थाम्न नसकी कुटपिट गर्दा लामाको मृत्यु भएको अनुसन्धानबाट पाइएको छ।”