कुरिनटार : चितवन प्रहरीले शान्ति सुरक्षालाई बलियो बनाउन अपराधका घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिने कामलाई तीब्रता दिएको छ ।
चितवन प्रहरीले मुद्धा मिलाईदिन्छु भन्दै ठगी गर्ने गिरोहका दुई जना नाइकेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं.१० बस्ने बर्ष २३ को सागर क्षेत्री र बर्ष ३४ को दिपेन्द्र पण्डित रहेका छन् ।रत्ननगर नगरपालिका वडा नं.१ बकुलहर चोकबाट लागू औषध (खैरो हेरोईन) १० ग्राम ३६० मिलिग्राम सहित पक्राउ परी लागू औषध ओसारपसारमा सँलग्न जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.४ बस्ने सन्तोष सिकारी समेतका व्यक्तिहरूलाई लागू औषध कसूरमा अनुसन्धानरत मुद्धा मिलाई पक्राउ परेको मानिसलाई छुटाई दिन्छु भनि प्रतिवादी सन्तोष सिकारीको श्रीमती सँग रू. ५ लाख लाख ५० हजार नगद र १० तोला सुन समेत गरी जम्मा रु ८ लाख ठगी गरेको चितवन प्रहरी प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिनुभयो । प्रहरी कार्यालय चितवनको बिशेष टोलद्वारा भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोकबाट उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरुले तपाईको श्रीमानको मुद्धा मिलाउन आठ लाख रूपैयाँ लाग्ने भयो भनि सन्तोष सिकारीको श्रीमती सँग सुन र नगद गरी रू.आठ लाख माग गरी रकम लिई सकेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ दफा २४९ अन्तर्गत ठगी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट दिन ६ को म्याद लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्धामा दुई पक्राउ
चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका–६ सौराहास्थित रेन फरेष्ट होटलमा कोठा बुक गरी बसेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ३९ की गीता गुरूङ र वर्ष १७ का पर्वत गुरूङलाई पक्राउ गरेको हो । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ४९ का छन्दबहादुर थापालाई उनीहरुले सोही होटलको स्वीमिङपुलमा हत्या गरेको मृतक परिवारको जाहेरी परेको थियो ।
शनिबार उनीहरुले मृतक थापालाई स्वीमिङ पुलमा अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा लैजाँदा मृत्यु भएको बताउँदै सोही होटलमा बस्दै आएका थिए । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।
चोरी उद्योग गर्ने दुई जना प्रकाउ
रातको समयमा चोरी गर्ने उद्देश्यका साथ फलामको सलाई रेन्च, थान १, पेचकस थान १, ताल्चा थान १ र साईकलको स्ट्याण्ड डण्डी थान १ समेत साथमा लिई हिडिरहेको दुई जनलाई पक्राउ गरिएको छ ।
राती १० बजेको समयमा नारायणगढ पुल्चोक एरियामा हिँडी रहेको अवस्थामा जिल्ला धादिङ चैनपुर गाउँपालिका वडा नं.७ स्थाई घर भई हाल जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) गैंडाकोट बस्ने बर्ष २३ को बुबेश वागदास जिल्ला प्युठान झिमरूक गाउँपालिका वडा नं.२ घर भई जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) गैंडाकोट बस्ने बर्ष २३ को बिजय के.सी. समेतलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको बिशेष प्रहरी टोलिले पक्राउ गरिएको हो । उनिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को दफा २४५ अन्तर्गतको कसूरमा चोरी उद्योग मुद्धामा चितवन जिल्ला अदालतबाट दिन ६ को म्याद लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
बहु बिबाह कसूरमा दुई जना पक्राउ
यसैबीच बहुबिबाह गर्ने दुई जनालाई पक्राउ गरिएको छ । धादिङको गल्छि गाउँपालिका वडा नं.७ घर भई हाल जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं.२ सिमलघारी बस्ने बर्ष २५ को ईशान वि.क.ले घरमा जेठी श्रीमती हुँदा हुँदै बर्ष २२ कि सिता भुजेललाई दोश्रो बिबाह गरी घरमा भित्र्याएको भन्ने उनकै जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा दुबै जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो । खैरहनी नगरपालिका वडा नं.२ बाट पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा १७१ अन्तर्गतको बिबाह सम्बन्धी कसूरमा बहु बिबाह मुद्धामा चितवन जिल्ला अदालतबाट दिन ६ को म्याद लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
।