काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि विवाह गर्ने भएका छन् ।आइतबार साँझ उनले विवाहका लागि टिकाटालो समेत गरेको स्रोतले बताएको छ । दिनभर पार्टी कार्यलयमा पार्टी केन्द्रीय समिति बैठकमा रहेका उनले साझ भने राजधानीको थापाथलीस्थित एक पार्टी प्यालेसमा टिकाटालो गरेका हुन् ।
६२ बर्षिय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन ।
कार्कीको परिवारले आफ्नो परिवारका केही समिति सदस्यलाई मात्रै बोलाएर इंगेजमेन्ट गरेका हुन् । गोप्य ढंगले इंग्जेमेन्ट गरेका कार्कीले विवाहको मिति समेत सार्वजनिक गरेका छैनन् ।
पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले अहिले गर्न लागेको विवाह तेस्रो हो । यस अगाडी विवाह गरेका दुबै श्रीमतिको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । उनको पहिलेको श्रीमति तर्फका एक छोरी छन् ।