चितवन, ५ असार । नारायणी नदिको पुलबाट फेरी एक महिलाले हाम फालेर बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ३३ बर्षिय विमला कुमालले आज विहान १०ः३० बजे नारायणी नदिको पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । पुलमा उनले छाडेको झोलामा रहेको कागजातका आधारमा पहिचान खुलेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । वेपत्ता महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा स्कुटरबाट झरेर नारायणी पुलबाट हाम फालेकी थिईन् । उनको अवस्था शव अझै भेट्न सकिएको छैन ।