कुरिनटार,१ जेठ । चितवनमा चट्याङ लागेर १५ ओटा बाख्रा मरेका छन् । इच्छाकामना गाउँपालिका वडा न २ स्थित थामका अमर चेपाङको खोरमा मंगलबार साँझ चट्याङ पर्दा १५ ओटा बाख्रा मरेका हुन् । चेपाङको खोरमा रहेका सबै बाख्रा मरेको र मानवीय क्षती भने नभएको उक्त वडाका वडाअध्यक्ष पञ्च बहादुर चेपाङले जानकारी दिनुभयो । अध्यक्ष चेपाङका अनुसार खेतीपाती बाहेक बाख्रा पालन उनको मुख्या आम्दानीका स्रोत हुन् । बिक्री गर्ने बेला भएका खसी बोका समेत चट्याङ लागेर मरेपछि अमर चेपाङको परिवार चिन्तित बनेका छन् ।