चितवन, २० वैशाख । सासद कृष्णभक्त पोखरेलको पहलमा २ महत्वपूर्ण सडक आयोजनाका लागि ४ करोड रुपैयाँ विनियोजन भएको छ ।
सांसद पोखरेलको निर्वाचन क्षेत्र अन्तर्गत कालिका नगरपालिका स्थित गैरीवारी चोकबाट वुङखोला हुँदै उपरदाङगढीसम्म जाने बाटोका लागि २ करोड र भरतपुर महानगर २९ नम्बर वडाको भोर्ले दाहाखानी सडकका लागि २ करोड विनियोजन भएको हो । यी दुई सडक आवश्यकताको हिसावले निकै महत्वपूर्ण रहेकाले थप वजेट पारिएको सांसद पोखरेलले बताए ।
यस अघि उनकै पहलमा गैरीवारी उपरदाङगढी सडकका लागि १ करोड वजेट परी हाल धमाधम काम भइरहेको कालिका नपाका प्रमुख खुमनारायण श्रेष्ठ ९गोपी० ले बताए । जिल्लाकै चर्चित पर्यटकीय गन्तव्य रहेको उपरदाङगढीसम्मको बाटो विकासका लागि सांसदबाट भएको पहल निकै प्रशसनीय रहेको भन्दै यस क्षेत्रका जनताले सडक निर्माण पछि प्रशस्त लाभ लिन सक्ने प्रमुख श्रेष्ठले बताए ।
भरतपुर महानगर २९ का वडा अध्यक्ष मानबहादुर मगरले यस अघि साँसदबाटै १ करोड प्राप्त भएकोमा थप यसपटक २ करोड विनियोजन भएको बताए । यस सडकमा प्रदेश सरकारले समेत ५० लाख लगानी गरेको छ । पहाडी भूगोलको महत्वपूर्ण विकास नमूनाका रुपमा यस सडख खण्डमा लिने गरिन्छ ।
अर्थमन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले भौतिक योजना तथा यातायात मन्त्रालयको निर्णय अनुसार वजेट विनियोजन गरि कार्यान्वयनका लागि पठाइएको बताए ।