मोहसिन अलि मियाँ
गोरखा,१९ वैशाख । केटी जिस्काएको निहुँमा पलुङ्टारमा दुई पक्ष बिच कुटाकुट भएको छ । लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका(४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद भएपछि कुटाकुट हुदा एक जनाको ज्यान गएको हो ।

कुटपिटबाट गम्भिर घाइते भएका अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कुमाल पालुङ्टारमा जन्ती आएका थिए ।

बुधबार बेहुली लिएर र्फकँदा वेहुली पक्षका करिब १७–१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर आक्रमण गरेका थिए । घटनामा संलग्न भएको आशंकामा पालुङ्टारका केहि युवालाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पालुङ्टारमा राखेको जनाएको छ ।

बिहिबार कुमालको ज्यान गएपछि लमजुङ अल्काटारका झण्डै ८०र९० जनाको समुहमा युवाहरु पालुंटारमा भेला भएको स्थानीयको भनाई छ । उनिहरुले प्रहरी चौकी घेरा हाल्ने र तोडफोड गर्ने प्रयास गरेपछि केहि राउण्ड अश्रुल ग्याँस समेत प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले बताए । थप घटना हुन नदिन अहिले पालुंटारमा थप प्रहरी समेत परिचालन गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी रावलको भनाई छ । हाम्रो गोरखबाट साभार