चितवन, १७ वैशाख । गएराति चट्याङ्ग परेर इच्छाकामनामा २ जना घाईते भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित कोयलघारीमा गएराति ६ बजेतिरको समयमा चट्याङ्ग पर्दा २ जना घाईते हुनुका साथै १ वटा बाख्रा मरेको स्थानीय दिपक वि.कले जानकारी दिए । घाईते हुनेमा स्थानीय २२ वर्षिया सपना चेपाङ र उनकी साशु ६० वर्षिया श्रीमाया चेपाङ्ग रहेको छ । घाईतेलाई आज बिहान उपचारको लागि भरतपुर लगिएको छ । चट्याङ्गले स्थानीय शुक बहादुर चेपाङ्गको १ वटा बाख्रा समेत मरेको छ ।