काठमाडौं,बैशाख १५ । देशका अधिकांश भू–भागमा आइतबार सामान्य बदली हुने भएको छ । मध्य र पश्चिमका पहाडी भु–भागका केही स्थान र पूर्व भेगका केही स्थानमा मेघ गर्जनसहितको वर्षाको सम्भावनाा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साँझपख पश्चिमका केही भूभागमा अपरान्ह पछि वर्षाको सम्भावना पनि छ ।
आइतबार राति देशको पूर्वी भू–भागमा लगायत मध्य र पश्चिमका पहाडी भु–भागमा वर्षाको सम्भावना छ । देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।