चितवन, ९ वैशाख । उच्च स्रोतका अनुसार चितवनको नेकपा अध्यक्षमा पूर्व माओवादीका जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिवमा पूर्व एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल चयन भएका छन् । यसअघि जिल्ला सचिवमा एमालेका पूर्व उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काको नाम आएको थियो ।
तर पूर्व अध्यक्षलाईनै सचिवमा ल्याउने भने पछि पूर्व एमालेले पोखरेलको नाम आएको स्रोतले बताएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला भएकोले पनि यति बेला चितवनको जिल्ला कमिटिको विषयमा सबैको ध्यान आकृष्ट भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।