चितवन, बैशाख ७ । चितवनमा सञ्चालन भएको प्रदेश नम्वर तीनको लगानी सम्मेलन ‘एक जिल्ला एक उत्पादनलाई महत्व’ दिने गरि सकिएको छ । प्रदेशको विकासका आधारशीला तय गर्ने गरी आयोजना भएको लगानी सम्मेलनमा कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, उद्योगका विषयमा छलफल भएको प्रदेश नम्वर तीनका मुख्यमन्त्रीका सल्लाहाकार जेएन थपलियाले जानकारी दिनुभयो । लगानी सम्मेलनबाट निजी लगानी कर्तामा उत्साहित थपिएको थपलियाले बताउनुभयो । प्रदेश सरकारले निजी लगानी कर्तालाई पुर्णरुपमा सहयोग गरेको खण्डमा प्रदेश तीनमा अन्तराष्ट्रिय स्तरका लगानी गर्ने व्यवसायी समेत आउने उहाँको धारणा छ ।
हिजो देखि सुरु भएको लगानी सम्मेलनमा आज दोस्रो दिन पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योग लगायतमा लगानीका संभावना बारे नीजि क्षेत्रका प्रतिनिधिहरु संग छलफल गरिएको प्रदेश तीनका योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले जानकारी दिनुभयो । कार्यक्रममा निजी लगानी कर्ताले लगानीको पुजिँको सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने धारणा राखेका थिए ।
वार्षिक औषत आर्थिक वृद्धिदर ११।२ प्रतिशत हुने र प्रति व्यक्ति आय रु चार लाख पाँचहजार पुग्ने लक्ष्य लिएको छ । पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । यस लगानी मध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको