कुरिनटार,५ वैशाख । चितवनमा भूकम्पले क्षती पुगेका घरको पुर्ननिर्माणको काम ३८ प्रतिशत सम्पन्न भएको छ । कुल ७ हजार ३ सय ३५ पूर्ण क्षती भएका लाभग्राही मध्ये २ हजार २ सय १५ जनाले तेश्रो किस्ता प्राप्त गरिसकेको प्राधिकरण जिल्ला कार्यन्वयन एकाइ चितवनका इन्जिनियर सुजन नेपालले जानकारी दिनुभयो । ३ हजार ८ सय ४२ ले दोश्रो तथा ५ हजार ८ सय १० ले पहिलो किस्ता प्राप्त गरेका छन् ।
यसैबीच आशिंक तर्फ ५ सय ९३ मध्ये ३३१ले पहिलो किस्ताको रकम प्राप्त गरिसकेका छन् । इन्जिनियर नेपालीका अनुसार बस्ती जोखिममा परेका १०२ घर मध्ये ६१ घरको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
६ हजार १८ गुनासो दर्ता
इन्जिनियर नेपालका अनुसार ६०१८ गुनासो दर्ता भएका छन् । गुनासो दर्ता भएकाहरुको अवलोकन गर्ने काम भईरहेको छ । साथै नयाँ गुनासा पनि संकलन गर्ने कार्य सुरु गरिएको छ । अहिले वडा कार्यालयहरु मार्फत निवेदन संकलन गर्ने कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । गुनासाका आधारमा निश्चित मापदण्डभित्र रही घरको मुल्याङ्कन गरिने इन्जिनियर नेपालले बताउनुभयो ।