गोरखा, ३वैशाख , गोरखामा फेरी भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ बजेर ३५ मिनेटमा गोरखाको बोरलाङलाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भुकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार यसअघि गत बैशाख २ गते बझाङको जयपृथीवी केन्द्रबिन्दु भएर .८ म्याग्निच्यूडको भूकम्प गएको थियो। गत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७।६ म्याग्निच्यूडको भुकम्प पश्चात देशका विभिन्न जिल्लालाई केन्द्रविन्दु बनाएर बेलाबेलामा भूकम्पको परकम्प जाने क्रम अहिलेसम्म पनि चलिरहेको केन्द्रले जनाउको छ ।