काठमाडौं,३० चैत । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन ९वैशाख ९ गते० एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन् । बिहीबार चन्द्रागिरि पुगेका ओली(दाहाल शुक्रबार दिउँसो काठमाडौं झरेका थिए ।