झापा, १८ चैत । झापाको बिर्तामोडमा नै उनानसय रुपैंयामा मासुभात खान पाइन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको सिपी होटलले ९९ रुपैंयामा पेटभरि मासु भात खुवाउदै आएको छ । होटलले विगत ५ महिनादेखि ९९ रुपैंयामै सेवाग्राहीलाई खानाको व्यवस्था गर्दै आएको छ । होटलले सेवाग्राहीलाई मध्य नजर गर्दै विशेष प्याकेज नै सञ्चालन गरिरहेको होटल सञ्चालक मध्येमका फिरोज राईले बताए । उनले भने– ९९ रुपैंयामा चिकन खाना, फिस खाना, भेज खाना, पर्क खाना, चिकन चाउमिन, रोष्ट, सेकुवा लगायत बिक्री गरिने गरिएको छ ।
९९ रुपैंयामा नै पेटभरी खाना खान पाउनेभएपछि धेरै ग्रहाकहरु आउने गरेको सञ्चालक राईको भनाई छ । खाना, नास्ता लगायतका खाद्यपरिकार खानका लागि दैनिक एक सय ५० बढी ग्रहाकहरु आउने गरेको जनाइएको छ । ढेड अर्ब रुपैंयाको लागतमा सञ्चालनमा आएको सिपि होटलले पार्टी प्यालेस,रेष्टुरेन्ट, सभा हलसमेत सञ्चालन गरेको छ । होटलमा २० जनाभन्दा बढी कामदार रहेको अर्का सञ्चालक राजेन्द्र जोशीले जानकारी दिए । राई, जोशी सहित युसाष खत्री, सुदिप प्रसाई, नारायण उप्रेती र चिरण निरौलाको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको होटलले ९९ रुपैंयामा नै खाना र नास्ताको प्रबन्ध गरेपछि चर्चामा आएको छ । मासिक रुपमा स्टाप लगायतका खर्च मात्रै साढे ५ लाख रुपैंया हुने गरेको भन्दै सञ्चालक राईले यो नाफामुलक ब्यवसाय भन्दा पनि सेवामुलक ब्यवसाय बनेको उल्लेख गरे ।
६ वर्ष अघिबाट सिपि होटलले पार्टी प्यालेस,रेष्टुरेन्ट र सभाहल सञ्चालन गरेपनि ग्रहाकलाई ध्यानमा राखेर ९९ रुपैंयामा खानाको ब्यवस्था गरेको भने ५ महिना मात्रै भएको जानकारी दिए । उनका अनुसार पश्चिम नेपालदेखि भ्रमणमा आएका मानिसहरु सामुहिक रुपमा आउने गरेको उल्लेख गरे । मेची सञ्चलन नै ९९ रुपैंया खाना, नास्ता, सेकुवा लगायतका खाद्य परिकार ग्रहाकलाई उपलब्ध गराउने आफ्नो पहिलो होटल भएको सञ्चालक राईले दाबी गरे । उनले भने–अर्थशास्त्रको सिद्धान्त अनुसार माग र मुल्यको अवस्था फरक पर्छ । मूल्य थेरैभएमा माग धेरै, मूल्यधेरै भएमा माग कम हुन्छ । आफुहरुलाई नाफा कमाउनु आवश्यक नभएकाले सकेसम्म थोरै मूल्यमा बिक्रि वितरण सुरु गरेको राईको भनाई छ ।
पार्टी प्यालेस,रेष्टुरेन्टमा दैनिक काम नहुनेभएकाले सस्तो दरमा खाना लगायतका सामग्री विक्रि वितरण गरेर भएपनि कामदारलाई काम दिने गरेको उनले जानकारी दिए । होटलमा अधिकांश लगानी कर्ताहरुको आफ्नै ब्यवास रहेकाले आफुहरुले होटल खर्च र स्टापलाई पुग्ने भए केहि नचाहिने बताए । उनले बिर्तामोडमा रहेका अन्य होटलको भन्दा खाना र नास्तामा कमी नरहेको भन्दै आफुहरुले सस्तो विक्रि गर्दा गुणस्तरहिन भन्ने आरोप आउन सक्नेभएकाले एक पटक अनुगमन गरेर मुल्याङकन गर्नुका साथै ९९ रुपैंयाको परिकार खाइदिन आग्रह समेत गरे ।
चालम पकाएर पैसा बनाउन मात्रै आफुहरुले ९९ रुपैंयामा मासु भात विक्रि गरेको भनदै होटल सञ्चालक राईले अब बिर्तामोडका साथै अन्य उपयुक्त स्थानमा समेत शाखा सञ्चालन गरेर ग्रहाकलाई सस्तोदरमा खाना उपलब्ध गराउने योजना रहेको जानकारी दिए । उनले बिर्तामोड सहित देशभरका होटल ब्यवसायीहरुलाई स्वस्थ्य प्रतिस्पर्धा गर्न सुझाव समेत दिए ।