इच्छाकामना ,२१ फागुन । तेश्रो राष्ट्रिय याफ्टीङ च्याम्पियन बनेका नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ इच्छाकामना ३ का खेलाडीहरुलाई आर्थिक सहयोगको घोषणा गरिएको छ ।आगामी मे १३ मा अष्ट्रेलीयमा हुन गईरहेको वल्ड राफ्टीङ च्याम्पियनसीपमा सहभागी हुने खेलाडीहरुका लागि धादिङको बेनीघाट रोराङ गाउँपालिकाले रु ५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ ले आयोजना गरेको सम्मान कार्यक्रममा धादिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले रु ५ लाख सहयोगको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा ३ नम्बर प्रदेशका प्रदेश सांसद घनश्याम दाहालले प्रदेश सरकारबाट सहयोगका लागि आवस्यक पहल गरिदिने आश्वासन दिनुभयो । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी पाच लाख भन्दा बढि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल ¥याफ्टीङ एन्ड क्यानोईङ्ग संघको आयोजनामा गत फागुन ९ गते चितवनको इच्छाकामना ३ फिस्लिङ स्थित त्रिशुली नदीमा सम्पन्न तेश्रो नेश्नल याफ्टीङ च्याम्पियनसीप प्रतियोगितामा नेपाल कायक क्लब फिस्लिङ ‘ए’ च्याम्पियन बनेका हुन् ।
प्रतियोगितामा च्याम्पियन बनेका कायक क्लबका खेलाडीहरु शक्ति कुमार गुरुङ, पदम बहादुर गुरुङ दिपेश गुरुङ, सूरज गुरुङ रविल मियाँ, सविन गुरुङ र मिलन गुरुङलाई सम्मान गरिएको थियो । उनिहरु आगामी १३ मे मा अष्टे«लीयमा हुन गईरहेको वल्ड राफ्टीङ च्याम्पियनसीपमा सहभागी हुदैँछन् ।
गत बर्ष च्याम्पियन बनेका प्याडल नेपालले अर्जेन्टीनमा भएको खेलमा आर्थिक अभावका कारण सहभागी जनाउन सकेनन् ।
आर्थिक अभावका कारण यस पटक पनि प्रतियोगितामा सहभागी हुनबाट बञ्चित हुन नदिन नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङले आर्थिक सहयोगको अपिल गर्नुभयो ।
राफ्टीङका लागि उत्कृष्ट गन्तव्य भित्र पर्ने नेपाललाई विश्व सामु चिनाउन र पर्यटक भित्र्याउन यस खेलले सहयोग पु¥याउने बताउदैँ अध्यक्ष गुरुङले राज्यले प्रतियोगिताका लागि सहयोग गर्नु पर्ने बताउनुभयो । वडाध्यक्ष गोवद्र्धन अधिकारीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा खेल प्रमी खेलाडी विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम रीता अर्याल नेपालले संचालन गर्नुभएको थियो ।